कञ्चनपुरमा एमालेको मत गणना सुरु
धनगढीः कञ्चनपुरमा नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ। दिउँसो ४ बजेदेखि मत गणना शुरु भएको निर्वाचन समितिले जनाएको छ।
कञ्चनपुरमा ४ सय ९९ मतदतामध्ये ४ सय ७० जनाले मतदान गरेका छन्। ५ जना पदाधिकारीसहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ। निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा शेरबहादुर चन्द र इश्वरा कुँवर उम्मेदवार छन्। यसैगरी, बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द उम्मेदवार छन्।