लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग
काठमाडौं : राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम राख्न माग गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गरेका हुन्।
आइतबार जारी विज्ञप्तीमा जनमोर्चाले भनेको छ, ‘भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गर्दछौँ।’
यसअघि उत्तराखण्ड राज्यका गभर्नर गुरमित सिंहले कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा पनि जनमोर्चाले विरोध जनाएको थियो। गभर्नर सिंहले १७ पुसमा कालापानी क्षेत्रमा पर्ने नाबी र गुञ्जी गाउँको भ्रमण गरेका थिए।