सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६ जुवाडे पक्राउ

२०७८ पुष १५, ०८:२७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ मदनचोकस्थित मधुशाला होटल एण्ड वारमा जुवातास भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने भिमदत्त नगरपालिका वडा नम्बर ४ बनगाउँका २८ वर्षीय गोबिन्द सिह साउँद, वडा नम्बर  १० बस्ने बर्ष ३८ को भरत साउँद, १८ बस्ने ४२ वर्षीय बिरेन्द्र चन्द, वडा नम्बर १० सुकासाल बस्ने ३९ वर्षीय राम सिह बुढाल, वडा नम्बर ५ बस्ने मान सिह साउँद र ४ बजार बस्ने गणेश सिह बुढाल रहेका छन्।

४६ हजार र ६ सय रकम र ३ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए।
 

कमेन्ट लोड गर्नुस