दार्चुलाको नौगाडमा एकीकृत समाजवादीको गाउँपालिका कमिटि गठन
धनगढीः दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) गाउँपालिकास्तरीय कमिटि गठन गरिएको छ। शनिबार सम्पन्न प्रथम गाउँपालिका अधिवेशनले किसनसिंह ठगुन्नाको अध्यक्षतमा २३ सदस्यीय कमिटि गठन गरेको हो।
यस्तै उपाध्यक्षमा चन्द्रावती ठगुन्ना र राजेन्द्रसिंह ठगुन्ना, सचिवमा रमौती बोहरा, उपसचिवमा नरेन्द्रसिंह ठगुन्ना, जानकीदेवी ठगुन्ना र सन्तोषसिंह ठगुन्ना लगायत अन्य सदस्यहरु चयन भएका छन्।