दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु
२०७८ पुष ८, ०५:२४
दार्चुला: दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दल्लेख बस्ने ६६ वर्षीया धना देवी ठगुन्नाको सोही ठाउँ भेराकाठोस्थित भिरबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।
घाँस काटेर घरतर्फ फर्किनेक्रममा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस