सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोरङमा सबैभन्दा बढी सङ्क्रमण

२०७८ मंसिर २९, १०:४१ रासस

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एकरएक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।    प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
 

कमेन्ट लोड गर्नुस