सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर २३, ०६:५२ खबर संवाददाता

दार्चुला: दार्चुलामा जीप दुर्घटना भएको छ। मालिकार्जुन गाउँपालिकाको तेर्छालेकमा म १ ज २३९ नम्बरको जीप दुर्घटनामा परेको हो। जीपमा चालकसहित ४ जना सवार रहेको र जीप चालक धनसिँह साउद मात्रै घाइते अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। अन्यको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 

प्रहरी घटना स्थलमा गएको र थप विवरण प्राप्त हुन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस