साइन रेसुुङ्गा बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धनगढी: साइन रेसुुङ्गा बैंक डेभलपमेन्ट बैंक लिमिटेड धनगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।
धनगढी सन्तोषी टोलस्थित एसपीए कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई डिजीटल बैंकिङ र फाइनान्सीयल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको बैंकका शाखा प्रवन्धक रविन्द्र शाहीले जानकारी दिए। साथै उनले सामाजिक उत्तर दायित्व अन्तगत डष्टबिन वितरण कार्यक्रम पनि सम्पन्न गरिएको बताए।
साक्षरता कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आइटी अफिसर ताराप्रसाद पाण्डेले विद्यार्थीलाई डिजिटल प्रणालीको आवश्यकता र फाइदाका बारेमा जानकारी दिएका थिए। २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रमा कलेजका तर्फबाट विभाग प्रमुख रघुनाथ जोशी र प्रबन्धक निर्देशक सुवास बी शाहीले यस्ता कार्यक्रमले विद्यार्थीहरुले व्यवहारिक ज्ञान हाँसिल गर्ने बताए।