सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारले गाडी किन्दा भन्सार शुल्क छुट पाउनुपर्ने माग

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १९, ०४:२४ खबर संवाददाता

चितवनः नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले पत्रकारहरूले गाडी खरिद गर्दा भन्सार शुल्क छुट गर्न सरकारसमक्ष माग गरेको छ। चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट १९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै संगठनले यस्तो माग गरेको हो। 

‘मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन , साना व्यवसायीलाई मिडियामा लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बिमा लागू गर्न माग गरिएको छ,’ महाधिवेशनले जारी गरेको १९ बुँदे घोषणापत्रमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस