सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सीमा नाकामै कोरोनाविरुद्धको खोप

२०७८ मंसिर १८, १२:४७ खबर संवाददाता

धनगढीः दार्चुलामा नेपाल र भारतको सीमा नाकामै कोरोनाको खोप लगाउन थालिएको छ। महाकाली नगरपालिका ४ स्थित नेपाल र भारत जोड्ने पुलघाटमा नेपालीलाई पहिलो पटक  कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। 

नाकामै हेल्थ डेस्कमार्फत १८ वर्षमाथिका नागरिकलाई भेरोसेल र कोभिसिल्ड खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए। हालसम्म ७४ जनालाई खोप लगाईएको उनले बताए। 

उक्त नाकाबाट दैनिक १५० बढी मानिस आउने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस