सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबीलाई ‘ब्यांक अफ दि इयर एशिया’को अवार्ड

२०७८ मंसिर १६, १२:१३ खबर संवाददाता

काठमाडौं : एनएमबी बैंकले ‘ब्यांक अफ दि इयर एशिया, २०२१’ को अवार्ड प्राप्त गरेको छ। द बेलायतको लण्डनबाट प्रकाशित हुने दि ब्यांकरले हरेक वर्ष प्रदान गर्दै आएको अवार्ड यस वर्ष एनएमबी ब्यांकले पाएको हो।

अवार्डको लागि चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापान लगायत ठूला अर्थतन्त्र भएका मुलुकका ब्यांक प्रतिस्पर्धामा थिए। योसँगै एनएमबी ब्यांकले द ब्यांक अफ इयर, २०२१ को अवार्ड पनि जितेको छ। ५ वर्षमा एनएमबी ब्यांकले पाएको यो चौथो अवार्ड हो। 

द ब्यांकर म्यागजिनबाट पुरस्कारको घोषणा भएकै दिन काठमाडौंमा आयोजित कार्यक्रममा बीच अवार्ड हस्तान्तरण भएको थियो। 

कमेन्ट लोड गर्नुस