सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाको सर्वोत्कृष्ट बैंकको उपाधि एनएमबिलाई

२०७८ मंसिर १५, ०७:३४ खबर संवाददाता

काठमाडौँः   एनएमबि बैंक लिमिटेड एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ। एसियामा रहेका ४८ देशका बैंकहरूलाई पछाडि पार्दै एनएमबिले पहिलो पटक बैंक अफ दि एयर २०२१ एसिया को अवार्ड जितेको हो। यो अवार्ड बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपाधि हो। 

बेलायतबाट प्रकाशित हुने पत्रिका फाइनान्सियल टाइम्सले एनएमबि बैंकलाई उक्त उपाधि दिएको हो। एनएमबिले जितके यो अवार्ड नेपालमै पहिलो हो। यसअघि न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्। 

त्यस्तै एनएमबि बैंकले  बैंक अफ दि एयर २०२१ नेपाल को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले  बैंक अफ दि एयर नेपाल को अवार्ड चौथो पटक जितेको हो । 

बैंक अफ द इयर २०२१ एसिया  उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।
 

कमेन्ट लोड गर्नुस