सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लािग दुई प्यानल सहित अन्य समुहहरु चुनावी प्रचार प्रसारमा व्यस्त

चाहेको नेतृत्व छान्न पाउने भन्दै व्यवसायीहरु हर्षित

२०७५ पुष १३, ११:२० सीताराम ओझा

कैलाली उद्योग वाणिज्य संघको सदस्यहरुको टुङगो लागेपछि नयाँ नेतृत्व चयनका लागि पुस २८ गते हुने निर्वाचनलाई लिएर व्यवसायीहरु हर्षित भएका छन् । सदस्यता छानविनको काम सकिएपछि निर्वाचनको प्रक्रिया अगाडी वढाउन कार्य तालिका सहित निर्वाचनको मिति तोकिएपछि चाहेको नेतृत्व छान्न पाउने भन्दै व्यवसायीहरु खुशी भएका हुन् । आठ बर्षपछि वास्तविक व्यवसायीको भोटले नयाँ नेतृत्व चयन हुने भएका कारण त्यसको व्यग्र प्रतिक्षा भईरहेको छ । संघको नेतृत्वमा आउन चाहने व्यवसायीहरु कोही प्इानल सहित र कोही प्यानल विना नै प्रचार प्रसारमा जुटेका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समितीले सरोकारवालासँगको छलफलपछि निर्वाचनको मिति र कार्य तालिका टुङगाएपछि व्यवसायीहरु हर्षित भएका हुन् । यसअघि नक्कली सदस्यहरुको हालीमुहाली भएका कारण चाहेको नेतृत्व छान्न नपाएकोमा अव भने वास्तविक व्यवसायीहरु मात्रै संघको सदस्य बनेकोले सही नेतृत्व आउने आशा पलाएको व्यवसायी पदम वोहोराले बताए  । कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउनेछन् । गत वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेका थिए । अधिकांश नक्कली सदस्यहरुको हालीमुहाली वढेको भन्दै उच्च अदालत दिपायलमा उजुरी परेपछि सदस्यता छानविन गरिएपछि साधारण सभा रोकिएको आड महिनापछि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि चुनावी प्रचार प्रसार पनि सुरु भएको छ । प्यानल सहित अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका संघका महासचिव रुपेश स्वाँरले प्रचार प्रचार सुरु गरेको बताए । 
 
यसअघिको साधारण सभामा स्वारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । त्यसैगरी संघका कोषाध्यक्ष रहेका पुष्प कुँवर पनि प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी लिने तयारीमा रहेका छन् । त्यसका लागि चुनावी प्रचार प्रसारमा रहेको उनले बताए । दुई समुहले प्यानल सहित चुनावी प्रचार सुरु गरेका वेला निर्वाचनको मिति तोकिनु अघि तेस्रो समुहका रुपमा देखिएका व्यवसायीले के गर्ने भन्ने टुङगो लगाएका छैनन् । त्यसैगरी केही व्यवसायीहरु स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिने तयारीमा रहेका छन् । दुई समुह प्यानल सहित जाने टुङगो लागेका वेला अब कसरी जाने भन्ने विषयमा व्यवसायीहरु निर्णयमा पुग्न सकेका छैनन् । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस