सुदूर नेपाललाई विश्वसँग जोड्दै

सानेपामा डडेल्धुरा काँग्रेसका नेता कार्यकर्ताले लगाए ‘निर्वाचन समिति मुर्दावाद’ को नारा

२०७८ मंसिर ६, १२:१९ खबर संवाददाता

धनगढी: असन्तुष्ट नेपाली काँग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ता ६ दिनदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत छन्। काँग्रेस सभापति शेरबहादुर  देउवाको गृहजिल्लामा पुनः अधिवेशन गर्न माग गर्दै रिले अनशनमा बसिरहेका उनीहरुले सोबार निर्वाचन समिति मुर्दावादको नारा लगाएका छन्।  उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘अवैधानिक अधिवेशन खारेज गर’, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’लगयात नारा लगाएका हुन्। 

काँग्रेस डडेल्धुराको संस्थापन पक्षले आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी वडा र पालिका तथा प्रदेशसभा अधिवेशन गरेको आरोप लगाउँदै आएको छ। उनीहरुले ती गरिएका अधिवेशन खारेजको माग गरेका छन्। 


 

कमेन्ट लोड गर्नुस