सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सिमा जोड्ने कैलाली कञ्चनपुरका १० वटा सडकको निर्माण सुस्त

ठेक्का सम्झौताको डेढ बर्ष ग्रावेल र माटा भरान गर्नै बाँकी

२०७५ पुष ११, १२:१६ नवराज पनेरु

पुर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा जोड्ने कैलाली, कञ्चनपुरका १० वटा सडकको निर्माण समयमै सकिनेमा आशंका बढेको छ। ठेक्का सम्झौताको १८ महिना वितिसकेको छ भने अव ६ महिना मात्रै बाँकी छ। तर अधिकासं सडकमा ग्रावेलीङ र माटो पटानको कार्य पनि सकिएको छैन्। पुर्वपश्चिम राजमार्गको, दक्षिण तिरका गाउँबस्तीको ब्यापार र आर्थिक गतिविधिमा सुधार ल्याउनका लागि सरकारले आर्थिक बर्ष २०७३÷०७४ देखि पुर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा जोडने उत्तर–दक्षिण सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। दुवै जिल्लामा ५ वटा सडकमा कुल २ सय १ किलोमिटर सडक निर्माणका लागि आर्थिक वर्ष २०७३÷७४ को असारमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएकोमा १८ महिना सम्म साढे ४ किलोमिटर सडक मात्र कालोपत्रे भएको हो। 

भारतीय सीमादेखि पुर्वपश्चिम राजमार्ग जोड्ने सडक कार्यक्रम अन्तर्गत कैलालीमा ५ वटा र कञ्चनपुरमा ५ वटा सडकको ठेक्का सम्झौता भएको डेढ बर्ष वितिसक्दा समेत निर्माणले भने अपेक्षाकृत रुपमा गति नलिएको हो। २०७४ सालको असारमा ठेक्का सम्झौतापछि त्यसको झण्डै चार महिनापछि मात्रै सयुक्त सर्भे भएको थियो भने ६ महिनापछि निर्माण सुरु भएको थियो। कैलाली जिल्लामा निर्माणधिन अवस्थामा रहेका कैलालीका ५ वटा सडकमा अहिले सम्म कुनै पनि सडकमा कालोपत्रे सुरु नभएकोसडक डिभिजन कार्यालयका कञ्चनपुर, ईकाई धनगढीका ईन्जिनियर महेन्द्र पन्तले जानकारी दिए । 

कैलालीमा बहुलीया, फुलवारी भोजपुर ५ किलोमिटर सडकमा भर्खरै निर्माणको कार्य सुरु गरिएको छ। कल्घर्ट निर्माण भईरहेको छ भने माटो फिलिङको काम पनि जारी छ। यस्तै चन्दनचौक फुलवारी चौमला १४ किलोमिटर सडक, गुलरीयाघाट भजनी मुडा ५ किलोमिटर, मौरीयाघाट थापापुर झपै बौनीया ११ किलोमिटर र डुडेझारी टिकापुर खक्रौला ५ किलोमिटर सडकमा पनि अहिले माटो पटान र ग्रावेलिङको काम जारी छ। उता कञ्चनपुर जिल्लामा झण्डै ८ किलोमिटर लम्वाईको परासन त्रिभुवनवस्ती भकुण्डा कालोपत्रे भएको छ भने हस्तान्तरण हुन बाँकी छ, अन्य ४ वटा सडकको प्रगती भने अपेक्षाकृत रुपमा अगाडी बढेको छैन। ४ दशमलव ५ किलोमिटर लम्वाईको खजुरीया भन्सार बेलौरी बेल्डाडीचोक दैजी सडकमा ढलान सम्पन्न भएको छ भने ३ किलोमिटरमा मात्रै ग्रावेलीङको काम भएको छ।

भुराकोट बेलारी शान्तीपुर रामनगर सडक ७ दशमलव ७ किलोमिटर माटो पटान र ग्रावेल हुँदै छ। देवस्थान पिपलचौतारा झोलुङपुल सडकको ८ दशमलव ८ किलोमिटर लम्वाई रहेकोमा माटो पटान सम्पन्न भएको छ। सुन्दरनगर शिव्मन्दीर कालागाड बाबाथान बयलबन्द सडक २३ किलोमिटर लम्वाईको रहेकोमा २३ किलोमिटरमै माटो पटान सकिएको छ। निर्माणमा कुनै अवरोध नभए समयकै निर्माण सम्पन्न गर्न सकिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर खगेन्द्र शाहीको दावी छ ।१० वटा सडकहरु निर्माण सम्पन्न भएमा कैलाली र कञ्चनपुरमा आर्थिक विकास संगै पर्यटन विकासमा पनि ठुलो टेवा पुग्ने विश्वास गरिएको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस