सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा १ वर्षअघि प्रेम विवाह गरेका पती-पत्नी मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १, ०३:५० खबर संवाददाता

डोटी: डोटीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका–१ का २२ वर्षीय डिल्लीराज भट्ट र उनकी श्रीमती २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। आत्महत्याको कारण खुल्न नसकेको उनले बताए। 

उक्त दम्पतिले एक वर्षअघि प्रेम विवाह गरेको स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस