सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सम्पन्न अधिवेशनहरू मान्य नहुने प्रकाशमानको चेतावनी

देउवाले घरमा पार्टीको बैठक राखेको भन्दै विरोध 

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक २९, ०१:०३ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नो घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेको भन्दै विरोध गरेका छन्। नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाइनु गलत भएको बताए। 

नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कसैले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए। नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिए। उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे। 

नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए। 
 

कमेन्ट लोड गर्नुस