कञ्चनपुरमा कुटपिट मुद्धाका फरार दोषी पक्राउ
कञ्चनपुर: कञ्चनपुर प्रहरीले कुटपिट गरी अङ्गभङ्ग मुद्धाका फरार कसुरदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ का सन्दीप शाह रहेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०७१ चैत २२ गते १ वर्ष ११ महिना ५ दिन कैद र १० हजार जरिबानाको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ पश्चात शाहलाई अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर सिंहले बताए।