कञ्चनपुरको पुर्नवासमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार
धनगढीः कञ्चनपुरको पुर्नवासमा पनि आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो शाखा विस्तार गरेको छ। हालै पुर्नवास नगरपालिकामा शाखा विस्तार गरेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज शाखाको औपचारिक उद्घाटन गरेको छ।
पुर्नवासमा बीमा सम्बन्धी जागरण अभियानमा उक्त कम्पनीले सहयोग गर्ने बताइएको छ। उक्त शाखाबाट कञ्चनपुर तथा पुर्नवासका स्थानीयलाइ सहज हुने जनाइएको छ। हाल उक्त कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा संचालनमा छन्।