सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ठगी र चोरी मुद्धाका २ जना कसुरदार पक्राउ

२०७८ कार्तिक २४, ०४:०८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले ठगी र चोरी मुद्धाका २ जना कसुरदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–८ गयलनदी बस्ने २६ वर्षीय करन विष्ट र कृष्णपुर नगरपालिका–४ का खडकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्याललय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानले बताए।  

ठगी मुद्धामा विष्टलाई जिल्ला अदालतले २०७५ पुष २४ गते १ महिना कैद र एक हजार जरिमानाको सजाय सुनाएको थियो। यस्तै चोरी मुद्धामा रावललाई २०४९ बैशाख १८ गते अदालतले १ वर्ष १५ दिन कैद र ६३ हजार जरिमानाको सजाय सुनाएको थियो।

फैसलापछि फरार रहेका दुवै जनालाई पक्राउ गरि अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस