संस्कृतिविद् डाक्टर पन्तको निधन
डडेल्धुरा: संस्कृतिविद प्राध्यापक डा. भोजराज पन्तको सोेमबार राजाधानी काठमाडौंमा निधन भएको छ। दुई महिनादेखि पेनक्रियाज रोगबाट पीडित प्राध्यापक डा. पन्तको आफ्नै निवास गणेशस्थान गोगंबुमा निधन भएको हो। शिक्षण अस्पताल काठमाडौंमा एक महिना लामो उपचार गरेपनि एक साताअघि चिकित्सकहरुले थप उपचार हुन नसक्ने बताएपछि उनलाई आफ्नै निवासमा राखिएको थियो।
२०१३ सालमा डडेल्धुराको बगरकोट डुङ्गरीमा जन्मिएका डा. पन्तले पहिलो पटक श्राद्धका विषयमा विद्यावरिधी गरेका थिए। उनले सनातन धर्म पद्धति अन्तरगत विभिन्न विषयमा लामो शोध र अनुसन्धान गर्दै आएका थिए। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव, जनता विद्यापिठका दांगका पुर्व प्राचार्य समेत रहेका पन्तलाई सनातन संस्कृतिका विषयमा गरेको योगदानलाइ लिएर थुप्रै मान पदवी समेत प्रदान गरिएको थियो। पन्तका दुई छोरी र एक छोरा रहेका छन्।