सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सय ४३ जनामा सङ्क्रमण

२०७८ कार्तिक २१, ०७:२४ रासस

काठमाडौँ: पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन्। हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन्। 

कमेन्ट लोड गर्नुस