कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जना पक्राउ गरेको छ। बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र २ ग्राम चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागु औषध सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।