सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

२०७८ कार्तिक २१, ०४:४४ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना निको भएका छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ भने ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन्।
 

कमेन्ट लोड गर्नुस