सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा खडेरीले खेतीयोग्य जमिन बाँझै

गाँउमा खाद्य संकटको त्रास

बाजुराको हिमाली गाँउपालिका ४ वाई गाँउका ४ सय परिवारको खेतीयोग्य जमिन ३ बर्षदेखि पुरै बाँझो रहेको छ । 
बाजुराको हिमाली गाँउपालिका ४ वाई गाँउका ४ सय परिवारको खेतीयोग्य जमिन ३ बर्षदेखि पुरै बाँझो रहेको छ । 
२०७५ पुष ८, ११:५६ प्रकाश सिंह

लगातारको खडेरी कारण खेतीयोग्य जमिन पुरै बाँझो रहेको छ । खेती योग्य जमिन बाँझै रहेपछि स्थानीयमा चरम खाद्य संकट हुने त्रास बढेको छ । पाँच बर्ष देखिको लामो खडेरीले बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगका बासिन्दाको खेती योग्य जमिन बाँझै रहेको छ । सिचाई अभाव, आकाशे पानीको भरमा परेका यहाँका बासिन्दाहरु लामो खडेरीका कारण यहाँका बासिन्दा निकै आजित भएका छन् । 

लामो खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका स्वामिकार्तिक, जगन्नाथ, हिमाली गाँउपालिका र बुढिन्नदा नगरपालिका, हुम्लाको ताजाकोट, अदानचुली गाँउपालिका मुगुका खत्याड र सोरु गाँउपालिका प्रभावित भएका छन् । यो क्षेत्रमा ४१ बर्ष पछिको सबै भन्दा लामो खडेरी भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । जसका कारण निकै खेतीयोग्य जमिन पुरै बाँझो रहेको उनले वताए । यो बेला पुरै खेतमा गहुँ र जौ ले हरीयाली हुन्थ्यो, अहिले पुरै मरुभुमि झै भएको मल्लले वताए । 

बाजुराको हिमाली गाँउपालिकाको वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेती योग्य जमिन ५ बर्षदेखि पुरै बाँझो रहेको छ । गाँउका सबै परिवारलाई त्यही जिउलोबाट उत्पादन हुने गरेको थियो, ५ बर्ष यता भने बाली नै लगाउन नपाएको स्थानीय ईश्वरी गिरीले वताए । तल कर्णाली बगिरहेको छ, माथि पानि अभावमा पुरै जमिन बाँझो रहेको छ, त्यही कर्णालीको पानी हेरेर चित बुझाउनु भन्दा बाहेक अरु केही छैन– उनले भने । गाँउमा खडेरीले खेती गर्न नपाएपछि पुरुष जति सबै भारत गएका छन्, अहिले गाँउनै पुरुष बिहिन बनेको छ– उनले थपिन्।

खडेरीका कारण जिल्लाक उत्पादन क्षेत्रका रुपमा चिनिने हिमाली गाँउपालिको धिम, फैती, बोर्ता, स्वामिकार्तिक गाँउपालिको वाई, साप्पाटा, जुकोट गाँउमा रहेका जग्गा पुरै बाँझो रहेको स्थानीय शिक्षक मानबहादुर रोकायाले वताए । बुढिन्नदा नगरपालिका कृषि शाखाका प्रमुख घमण्ड भारतीका अनुसार बाजुराको उत्तरी क्षेत्रमा लामो समय देखी खडेरी कारण अन्नवाली उत्पादनमा निकै हस आएको छ  । त्यस क्षेत्रका खेती योग्य जमिन पुरै बाझो रहेको उनले वताए । त्यसै त खाद्य संकट क्षेत्र हो, अर्कोतिर पानी नै नआएपछि त्यो क्षेत्रका बासिन्दा निकै आजित भएका छन् ।

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस