सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ पुष २९, ११:०२ खबर संवाददाता

धनगढीः कैलालीमा एक लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपलिका–२ सिशापोष्ट नजिक र गोदावरी नगरपलिका–४ नदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २१  हजार ६८० बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट चिनी, मिश्री, मिठाई, बेसनको पिठो, पानीपुरी, सुटपिस, स्विटर, दोपट्टा, प्लाजु, मेक्सि लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस