सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदाम व्यवस्था कम्पनीका अध्यक्ष जोशीको निधन

२०७८ कार्तिक १९, ०९:५३ खबर संवाददाता

धनगढी: नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रवार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ।

५४ वर्षीय उनको घर डडेल्धुराको अमरगढी नगरपालिका–८ टाटर हो। डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए। जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

कमेन्ट लोड गर्नुस