सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्तरीय ब्याटमिन्टनको उपाधि पनेरु र चन्दको टिमलाई

२०७८ कार्तिक १८, ०४:५९ खबर संवाददाता

कैलाली: कैलालीको अत्तरियामा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। गोदावरी नगरपालिका–३ मा रहेको रोयल युवा क्लवद्वारा आयोजित प्रतियोगितामा खुल्ला ब्याटमिन्टनको उपाधि सन्तोश पनेरु र हिमाल चन्दको टिमले जितेका छन् भने भेट्रान ब्याटमिन्टन प्रतियोगिताको उपाधि पदमराज भट्ट र जयन्त डडालको टिमले जितेका छन्।

बिहीबार फाइनल खेलमा पनेरु र चन्दको टिमले ईन्द्र बहादुर महता र राम सिह चौधरीको टिमलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। जितसँगै पनेरु र चन्दको टिमले ५१ हजार हात पारे। द्धितिय स्थानमा चित्त बुझाएको महता र चौधरीको टिमले २५ हजारमा चित्त बुझाए। खेलमा तृतिय भएका सुर्खेतका अनिल मल्ल र नरेन्द्र बमले नगद ११ हजार जितेका छन्।

त्यस्तै प्रदेशस्तरीय भेट्रान ब्याटमिन्टन प्रतियोगिताको विजेता टिमले पुरस्कार स्वरुप नगद २१ हजार हात पारेको छ भने द्धितिय बनेको केशब भट्ट र श्रेष्ठको टिमले ११ हजार हात पारेको छ। प्रतियोगितामा तृतिय बनेको बझाङका प्रदिप बिष्ट र चन्द्र सिहको टिमले नगद ५ हजार १ सय हात पारे।

कार्तिक १५ गतेबाट सुरु भएको प्रतियोगितामा २२ वटा भेट्रान र २० ओटा खुल्ला तर्फका गरी ४२ ओटा टिमको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस