सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा नेपालमा ४४७ सङ्क्रमित थपिए

२०७८ कार्तिक १७, ०६:३१ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नौ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ मा सङ्क्रमित थपिएका जानकारी दिए। हिजो मङ्गलबार ४६९ मा सङ्क्रमण देखिएका थिए। देशभर सक्रिय सङ्क्रमित नौ हजार १२३ रहेका छन्। नेपालमा सङ्क्रमण दर १८।३ प्रतिशत पुगेको छ। उनका अनुसार ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन्।

सङ्क्रमित शून्य जिल्ला दुई

उनका अनुसार आज दुई जिल्लामा सङ्क्रमति शून्य रहेका छन्। हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन्। 

योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।५  प्रतिशत रहेको छ। मन्त्रालयका प्रवक्ता डा पौडेलले आज कोरोना सङ्क्रमणबाटन सात जनाको निधन भएको जानकारी दिए। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४३४ को निधन भएको छ।

आज ९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आज लगाएकासँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ ले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ ले पूर्ण मात्राको खोप लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस