मन्त्री खाँड आज बैतडी जाँदै
बैतडी : नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड आज बैतडीको ढुंगाड जाने भएका छन्। वर्षाका कारण प्रभावित जिल्लाको सिगास गाउँपालिका –५ ढुंगाडका स्थानीहरुसँग भेट गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव नरेन्द्र केसीले बताए।
मन्त्री खाँडको टोली बैतडीसहित बझांग, डोटीलगायतका जिल्लाको प्रभावित क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। यस्तै, पूर्व सञ्चारमन्त्री तथा कांग्रेसको राहत वितरण समितिका संयोजक मोहन बहादुर बस्नेत तिहारको भोलिपल्ट बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्न बैतडी जाने जनाइएको छ।