सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक होटलमा युवती मृत फेला

फोटो:आभासकुञ्ज
फोटो:आभासकुञ्ज
२०७८ कार्तिक १६, ०६:३४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको एक होटलमा युवती मृत फेला परेकी छिन्। मंगलबार जिल्लाको भिमदत्त नगरपालिका–४ महेन्द्रनगरको २ नम्बर गल्लीमा रहेको क्लासिक होटल एण्ड रेष्टुरेन्टमा युवती मृत फेला परेकी हुन्।

मुगुको फल्याड गाउँपालिका–९ की ती युवती विगत १ वर्षदेखि उक्त होटलमा कार्यरत थिइन्। ४ वर्षीया छोरीसँगै बस्दै आएकी उनको शव होटेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा चर्तुवेदीले बताए। उक्त घटनाबारे युवतीका परिवारलाई खबर गरी थप अनुसन्धान गरिरहेको उनले बताए। 

युवतीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस