सुदूर नेपाललाई विश्वसँग जोड्दै

रडुवामा ट्याङकर फसेपछि केआईसिंह राजमार्ग अवरुद्ध

२०७८ कार्तिक १६, १२:२१ खबर संवाददाता

धनगढीः आसोज ३१ गतेपछिको अविरल वर्षाका कारण अवरुद्ध भई खुलाइएको केआईसिंह राजमार्ग पुनःअवरुद्ध भएको छ। डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अन्तरगत डडेल्धुराको रडुवामा पहिरो गएको स्थानमा इन्धनको ट्याङकर फसेको हो। 

ट्याङकर फसेपछि अहिले उक्त राजमार्ग अवरुद्ध बनेको यात्रुहरुले बताएका छन्। ट्याङकर निकालेर सडक सुचारु गर्ने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस