सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महरा हत्या प्रकरण: आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान

२०७८ कार्तिक १६, १०:२० खबर संवाददाता

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। 

सुर्नया गाउँपालिका ४ लेकडाँडाका महरा गत असोज ६ गते राति मृत फेला परेका थिए।  महराको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेको प्रवक्ता ओझाले जानकारी दिए। 

हत्या आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ भन, अदालतबाट अन्तिम फैसला हुन भने बाँकी रहेको छ। 

कमेन्ट लोड गर्नुस