सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिताः केडीसीसी धनगढीको लगातार दोस्रो जित

२०७८ कार्तिक १५, १०:३४

धनगढी: लम्की क्रिकेट क्लबको आयोजनामा संचालित प्रथम बिरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगितामा केडीसी धनगढीले लगातार दोस्रो पठक जितेको छ। 

टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९६ रन बनायो जसमा केडीसीका दिनेश वडले सर्वाधिक ५३ रन बनाए भने , टेक रावतले ३१ बनाउदा श्यामसुन्दर साउदले २३ रन बनाए र टिम कप्तान नरेन साउदले पनि १८ रनको योगदान गरे जवाफी ब्याटिङमा उत्रिएको एसीसीले १५ औं ओभरमा सबै विकेट गुमाउँदै ९० रन बनायेको थियो, बलिङ तर्फ केडीसीबाट टिम कप्तान नरेन साउदले सर्वाधिक ४ विकेट लिये भने धर्म राज जोशीले ३ विकेट लिन सफल भए। आजको खेलको प्लयेर अफ द म्याच अर्धशतक बनाएर दिनेश ओड भएका थिए। 

कमेन्ट लोड गर्नुस