सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका ५३३ सङ्क्रमित थपिए

२०७८ कार्तिक १५, ०६:४१ रासस

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ मा सङ्क्रमण देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ६६४ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित नौ हजार ३१८ जना पुगेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन्। सङ्क्रमण दर १८।४ प्रतिशत रहेको छ। सङ्क्रमति शून्य रहेका जिल्ला मनाङ र मुगु मात्र छन्।

पछिल्लो २४ घण्टामा ४९० जनाले सङ्क्रमणबाट निको भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार २७७ रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।४ प्रतिशत रहेको छ। यसैगरी आज कोरोना सङ्क्रमणबाट नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४१६ जनाको निधन भएको छ।

हाल कोरोना सङ्क्रमितहरू होम आइसोलेशनमा आठ हजार ५९८, संस्थागत आइसोलेशनमा ७२०, सघन उपचार कक्षमा २४१ र भेन्टिलेटरमा ७४ जना रहेका छन्। आज ६५ हजार २८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८६ लाख ७० हजार २४ जनाले पहिलो मात्रा र ७२ लाख ५२ हजार २८५ पूर्ण मात्राको खोप लगाइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस