प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण
विराटनगर: गएको २४ घण्टामा प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ। चार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना सङक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ४१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा एक महिलासहित दुई जनाको मृत्यु भएको छ।