कैलालीमा ‘विशेष कराते प्रशिक्षण’ सम्पन्न
कैलाली: कैलाली जिल्ला सितोरियो कराते संघको आयोजनामा ‘विशेष कराते प्रशिक्षण’ सम्पन्न भएको छ। नेपालका सितोरियो करातेका संस्थापक थानेश्वर राईद्वारा प्रशिक्षण गराइएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश भरीका १ सय जनाभन्दा बढी कराते प्रशिक्षकहरुको सहभागिता रहेको थियो।
शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा कराते वरिष्ठ प्रशिक्षक तथा आठौं साफ खेलकुदका पदाधिकारी मकेन्द्रबहादुर सिंहले प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान दिएका थिए।
कैलाली जिल्ला सितोरियो कराते संघका अध्यक्ष भोजबहादुर बमको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय डिल्लीराज पन्त थिए।