सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्ज्युनयाँ टी–२० क्रिकेटः आयोजक फाइनलमा प्रवेश

२०७८ कार्तिक १४, ०३:४६ खबर संवाददाता

विनोद सिंह विष्ट, बैतडी: आयोजक सुशितम युवा क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको सेमिफाइनल खेलमा सुशितमले गोकुलेश्वर स्टार क्लब, चौसेरालाई एक सय ३३ रनले  पराजित गरेको हो। सुशितमले दिएको एक सय ७६ रनको बिशाल लक्ष्य  पन्छाएको चौसेरा १० ओभरमा ४३  रनमा अलआउट भयो।  चौसेराका लागि राजेन्द्र नाथ सर्वाधिक १० रन बनाए। अन्य ब्याट्सम्यान दोहोरो अंकको रन समेत जोड्न नसक्दा चौसेरा सेमिफाइनलबाटै बाहिरिएको छ।  

त्यसअघि दोगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुशितम निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ७५ रन बनायो।  जसमा जनक कार्कीले २७ रन हिर्काए।  यस्तै सन्तोस, अशोक र विक्रम कार्कीले समान २२/२२ रन जोडे। चौसेराका लागि दिपक नाथले ३ र गोपाल नाथले २ विकेट लिए।  

शुसितमका अशोक कार्की म्यान अफ द म्याच चुनिएका स्कोरर रोशन कार्कीले जानकारी दिए।  यनले व्यक्तिगत २२ रन बनाउदै ३ विकेट पनि झारे। शुसितमले उपाधिका लागि भोलि हुने जागृती युवा क्लब, सर्मोली र कैलपाल क्रिकेट क्लबबीचको विजेतासंग खेल्नेछ।  उपाधि भिडन्त भने मंगलबार पर्सी हुने जनाइएको छ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा  बैतडी र दार्चुलाका गरि १२ टोली सहभागी रहेको  थियो। प्रतियोगिताको विजेताले ७७ हजार ७ सय ७७ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले  बताए। यस्तै म्यान अफ द सिरिजलाई ५ हजार ५ सय ५५, बेस्ट बलर र बेस्ट ब्याटस्म्यानलाई समान ३ हजार ३ सय ३३ रुपैैयाँ पाउनेछन्।  

यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि विरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदार बैतडीले हात परेको थियो। 

कमेन्ट लोड गर्नुस