बैतडीका ८३ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
बैतडीः नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ महाधिवेशनअन्तर्गत बैतडीका ८३ वडामा अधिवेशन सम्पन्न भएको छ। गत सोमबारबाट सुरु भएको अधिवेशनमा हालसम्म ८३ वडामा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशन सम्पन्न सबै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिए। ६ गाउँपालिका र चार नगरपालिका गरी यहाँ ८४ वडा रहेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको ३ नम्बर वडामा मात्रै अधिवेशन हुन बाँकी छ। बाँकी रहेका वडामा आइतबार नयाँ नेतृत्व चयन हुने उनले बताए।
बैतडीका स्थानीय तहको अधिवेशन भने कात्तिक १५ गते हुने भएको छ।