सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुदको नशाले छोड्न सकेन् अरुणलाई

२०७५ पुष ६, १०:१४ सीताराम ओझा

२०६८ सालमा धनगढीमै भएको छैठौं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई कराँतेमा कास्य पदक जिताएका अरुण कुँवरले त्योवेला धेरै ठुलो सपना पालिसकेका थिए । अझ मेहनत अझ परिश्रम गरेर अव देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपालको झण्डा फहराउनुछ । खेल नै भविष्य भनेर लागेका उनले १९ बर्षकै उमेरमा देशको नाम राख्ने सपनालाई साकार पार्ने क्रममा एसियन र साग खेलकुद छनोट उनका लागि महत्वपुर्ण थियो । त्यसका लागि उनको महेनत दिन रात नभनिकन नै थियो । लुम्बीनीमा भएको छनोटमा उनी सफल पनि भए तर दुरभाग्य उनको सट्टामा अर्कै खेलाडीलाई छनोट गरियो । त्यही घटनाले विरक्तीर उनले कराँतेमा देखेको भविष्यलाई चटक्कै छोडेर जीन्दगीको चक्रलाई अन्तैतिर मोडे । 

२६ बर्षीय अरुण कुँवर अहिले कलिलो उमेरमा सफल व्यवसायी मात्रै भएका छैनन् की उनी राजनितिक रुपमा पनि अगाडी बढिरहेका छन् । राजनिति उनको रहर होईन तर आफु राजनितिको शिकार भएकोले उनी राजनितिक रुपमा शक्तीका लागि भएपनि यसमा होमिएको बताउँछन् । अहिले उनी युवा संघ नेपालको केन्द्रिय सदस्य छन भने काठमाण्डौंमा फर्निचर र काठको काम गरिरहेका छन् । तर राजनितिक रुपमा र व्यवसायीको रुपमा दख्खल देखाउन सफल भएपनि खेलकुद क्षेत्रलाई उनले छोड्न सकेका छैनन्। त्यही भएर लामो समयपछि अब खेलकुदको विकासका लागि पनि लाग्नुपर्छ भन्ने सोचले यो क्षेत्रमा फर्किएका छन् भुमिका फेरेर । 

१० बर्षको उमेरदेखि कराँतेमा सक्रिय हुन थालेका उनले चार वटा अन्तराष्ट्रिय खेलमा पदक समेत जितिसकेका छन् । भारत धनगढी र काठमाण्डौं लगायतका प्रतियोगितामा उनले जितेका पदकहरुको हिसाब किताब नै छैन् । तर खेलाडी प्रतिको व्यवहार र खेल राजनितिकको शिकार भएका अरुण अव जुन सुकै खेलको विकासका लागि लाग्ने सोच बनाएर धनगढी फर्किएका छन् र व्यवसाय तथा राजनितिसँगै खेलकुदको विकासमा अग्रसर हुन थालेका छन् । धनगढी सुदुरपश्चिममै व्यवसाय गर्ने तयारी गरेका उनले खेलकुद विकासको यात्रा भने फुटबलतिरबाट थालेका छन् । दुई दिनपछि धनगढीमा सुरु हुन थालेको फारवेष्ट पशुपति युवा क्लबको महासचिव बनेर उनको खेलकुदको यात्रा अगाडी वढेको छ । छैटौंमा सुदुरपश्चिमलाई ऐतिहासिक स्वर्ण जिताउने फुटबल खेलाडीहरुले गठन गरेको क्लब र उनीहरुले आयोजना गरिरहेको फारवेष्ट पशुपति कपसँग जोडिन पाउँदा गर्व महसुस गर्छन उनी । 

खेलकुदको नशाले छोड्न नसकेपछि यो क्षेत्रमा लागेका अरुण जुनसुकै खेल किन नहोस सहयोग गर्न तयार रहेको बताउँछन् । खेलाडीलाई गर्नुपर्ने सहयोग गर्नका लागि आतुर छन् । तर उनको चाहना छ– खेलकुदमा प्रतिभाको कदर हुनुपर्छ, उनीहरुलाई प्लेटफर्म दिनुपर्छ, खेलाडीमाथि राजनिति गर्नु हुँदैन् । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस