प्रादेशिक सुशासन केन्द्र डोटीद्वारा सूचना प्रविधि तालिम
धनगढीः प्रादेशिक सुशासन केन्द्र डोटीले धनगढीमा सूचना प्रविधि तालिम सञ्चालन गरेको छ। सरकारी कामकाजलाई चुस्त, दुरुस्त र छिटो छरितो बनाउनका लागि सूचना प्रविधिलाई मजबुत बनाउन उक्त कार्यक्रम गरिएको बताइएको छ।
तालिमको अध्यक्षता प्रादेशिक सुशासन केन्द्रका कार्यकारी निर्देशक पदमराज जोशीले गरेका थिए। तालिम प्रशिक्षकको रुपमा इ–गर्भनेन्स तथा विद्युतीय शासन विज्ञ छत्र कुमार चौधरी र मदन राज पाण्डेय रहेका थिए। यस्तै कार्यक्रम सञ्चालन पाठ्यक्रम विकास विज्ञ गंगा दत्त पनेरुले गरेका थिए। ५ दिने तालिममा सम्पूर्ण मन्त्रालय लगायतका निकायका अधिकृत र अपरेटर गरी २५ जनाको सहभागिता रहेको थियो।