सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको भौतिक मन्त्रालयमा एकीकृत समाजवादीको बैठक

२०७८ कार्तिक १०, ०८:३३ खबर संवाददाता

धनगढी:  सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालय एकीकृत समाजवादी पार्टीपार्टीका बैठकका लागि प्रयोग भएको छ। पार्टीको जिल्ला कमिटि र भदौ २५ गते र कार्तिक १० गते प्रदेश कमिटीको प्रथम बैठकका लागि मन्त्रालयको भवन प्रयोग गरेको हो।

पार्टीको बैठक अन्यत्र गर्नुपर्ने हो तर सरकारमा रहेकाले मन्त्रालयको भवन प्रयोग गर्नु ठिक नभएको बैठकमा सहभागि एक नेताले बताए। बुधबार बसेको प्रदेशको प्रथम बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सहभागितामा केन्द्रिय नेता, प्रदेश सभा सदस्य, पार्टीका पूर्व नेता लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट लोड गर्नुस