सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पहिरोमा ज्यान गुमाएका परिवारलाई २ लाख २५ हजार प्रदान

२०७८ कार्तिक ९, ०६:२३ खबर संवाददाता

डडेल्धुराः गतसाताको बेमौसमी वर्षापछिको पहरोका कारण मृत्यु भएका गन्यापधुरा गाउँपालिका–१ भेटाका बिष्णु अवस्थीको परिवारलाई राहत प्रदान गरिएको छ। मंगलबार डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर बिष्णुकि श्रीमतीलाई २ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।

संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समित डडेल्धुराले अवस्थी परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए। यस्तै गन्यापधुरा गाउँपालिकाले पनि अवस्थीको परिवारलाइ किरिया खर्च २५ हजार उपलब्ध गराइएको छ। मंगलबार गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन्। भने अवस्थी परिवारलाई खाद्यान्न समेत उपलब्ध गराइएको छ।

गन्यापधुरा गाउँपालिका–१ भातकाँडा बजारमा व्यवसाय गर्दै आएका अवस्थीको गएको सोमबार राती पसल पछाडी खसेको पहिरोले पुरिएर मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस