सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एयरलाइन्स डुबाएर निजी क्षेत्र पोस्न पल्केकालाई छाड्दिनः मन्त्री आले

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ९, ०४:२० खबर संवाददाता

काठमाडौंः संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय सुधारका साथै व्यवसायिक सुधारका लागि आफूले ‘एक्सन’ लिने उद्घोष गरेका छन्। मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निगमलाई डुबाएर निजी क्षेत्र पोस्न पल्केका कसैलाई पनि नछाड्ने उद्घोष गरे।

‘पर्यटन तथा हवाई क्षेत्रमा सुधार गर्नुपर्ने र अपरेशन गर्नुपर्ने धेरै कुरा देखेको छु। कहाँ के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ हामीलाई थाहा छ’ मन्त्री आलेले भने, ‘निगम जस्तो संस्था डुबाएर निजी क्षेत्र पोस्न लाग्नेहरुलाई अब छाडिन्न, त्यसको जरैदेखि अपरेशन चलाउँछौं।’

सो अवसरमा मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको केही दिनभित्रै निगमको समस्या हल गरेको र नयाँ अध्यक्ष चयन गरेको बताए।​ मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा सुधार ल्याइछाड्ने उद्घोष गरेका छन्।
 

कमेन्ट लोड गर्नुस