सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको किम्तडीमा अवरुद्ध सडक खुलाइयो

२०७८ कार्तिक ९, १०:५३ खबर संवाददाता

दार्चुला: दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली किनारस्थित किम्तडी भिरमा अवरुद्ध लोकमार्ग खुलाइएको छ। सडक भाँसिएर अवरुद्ध राजमार्ग भिर काटेर सडक खुलाइएको हो। गत आइतबारदेखि परेको अविरल वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीमा सडक भाँसिएर यातायातका साधनहरु चल्न सकेका थिएनन्।

सोमबार बेलुकी आंशिक रुपमा यातायातका साधनहरुले पास पाएको र मंगलबारदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको यातायात व्यवसायीहरुले बताएका छन्।  भिर काटेर सडक खुलाइएसँगै यातायातका साधनहरु सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस