सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

२०७८ कार्तिक ७, ०८:४० खबर संवाददाता

धनगढी: बझाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा-१ जालेबगरमा ०२-०१६-८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दिपेन्द्र दौल्यालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार दौल्यालको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मोटरसाइकलमा पछाडि सवार कृष्ण दौल्याल घाइते भएको र उनको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको उनले बताए। तमैलबाट जालेबगर जाने क्रममा बिजुलीको ढलेको पोलमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस