सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्विट क्लबद्वारा पहिरोले विस्थापितलाई सहयोग

२०७८ कार्तिक ६, ०८:३२ खबर संवाददाता

डडेल्धुरा:  सामाजिक कार्यमा सक्रिय सामाजिक एकता क्लब (स्विट) डडेल्धुराले पहिरो विस्थापित एक परिवारलाई आर्थिक सहयोग गरेको छ। पहिरोले पूर्णरुपमा विस्थापित अमरगढी नगरपालिका–१ भेटा बस्ने दिलबहादुर ऐरको परिवारलाई क्लबका अध्यक्ष हर्क घिमीरेमार्फत नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

यस्तै ऐरलाई सञ्चारकर्मी बाबुराम श्रेष्ठले पनि नगद ५ हजार रुपैयाँसँगै ३० किलो चामल, २ किलो दाल, २ किलो चिनी र १ लिटर खाने तेल उपलब्ध गराएका छन् । क्लबका सदस्य समेत रहेका श्रेष्ठले शनिबार परेको छोरी आरुषीको जन्मदिनको उपलक्ष्यमा सहयोग गरेका हुन् ।

कमेन्ट लोड गर्नुस