सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जुवाखालबाट पक्राउ परेका २२ जना को–को हुन् ?

२०७८ कार्तिक ५, ११:४५ खबर संवाददाता

धनगढी: कार्तिक ३ गते बुधबार राति डडेल्धुरा प्रहरीले जुवाखालबाट २२ जनालाई पक्राउ गरेको थियो। जिल्लाको अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरिएको थियो। 

ओझाको घरमा जुवातास  खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालयले बिहीबार पक्राउ परेका २२ जना मध्ये अमरगढी नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। त्यसपछि डडेल्धुराका स्थानीय तथा पत्रकारले पक्राउ परेका सबैको नाम सार्वजनिक नगरेको भन्दै आलोचना गरेका थिए। 

सोही अनुसार दिनेशखबरले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा सम्पर्क गरी २२ जनाको नाम मागेको छ। प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा इन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोवीन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, इश्वर भट्ट, बीरबहादुर साँकी, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्र प्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेका छन्।

प्रहरीले उनीहरुमध्ये केहीलाई तारेखमा छाडेको बताएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन्।  ‘हामी अनुसन्धानको क्रममा छौ, केहीलाई तारेखमा, केहीलाई बिरामी भएका कारण तारेखमा छाडेका हौं’ प्रहरी निरीक्षक चन्दले बताए। वडा अध्यक्ष भट्टका दाईको बर्खि भएका कारण बाहिर छोडिएको उनले बताए। तर स्थानीलय भने वडा अध्यक्षलाई पहुँचको आधारमा रिहा गरिएको आरोप लगाएको छ। 

कमेन्ट लोड गर्नुस