सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

२०७८ कार्तिक ३, ०३:५० खबर संवाददाता

बझाङः बझाङमा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। थलारा गाँउपालिका–९ कि २१ वर्षीया सम्झना भण्डारीको हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याइएको छ। 

भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि उनी मंगलबार बिहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन्। अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनुपर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौकीका ईन्चार्ज विकास खडकाले बताए।

त्यसपछि प्रतिनिधि सभा सदस्य आशा कुमारी बिकको पहलमा बुधबार बिहान थलाराको पहिरोमा परेकाहरुको खोजीका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला अस्पताल ल्याइएको हो।  
 

कमेन्ट लोड गर्नुस