सुदूर नेपाललाई विश्वसँग जोड्दै

तत्काल ई–टिकटिङ लागू गर्न नेपाल वायु सेवा निगमलाई मन्त्री आलेको निर्देशन

२०७८ असोज २५, ०२:३७ खबर संवाददाता

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका हुन्।

उनले भने, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकून्। ” निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस